Like us!
Follow us!
Connect us!
Watch us!

फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स

अर्थ संसार

विहीबार, ०८ फागुन २०८१, ०९ : ५८ मा प्रकाशित

फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गर्दै  क्रेस्ट माइक्रो लाइफ  इन्स्योरेन्स

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ।

यस्तै कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ। कम्पनीले अब बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गर्न लागेको हो। उक्त आईपीओमा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले फागुन २६ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि चैत ७ गतेसम्म लम्बिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको