Like us!
Follow us!
Connect us!
Watch us!

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, १५ : ३५ मा प्रकाशित

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले निष्कास गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने भोलि (फागुन २६ गते) अन्तिम दिन रहेको छ। 

कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यस आईपीओमा आवेदन दिँदा घटीमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो। सोमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको