छ कम्पनीहरूले एफपिओ निष्काशन गर्ने भएका छन् । कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था अनुसार अनुपात मिलाउन एफपिओ जारी गर्छन्।
एकपटक सर्वसाधारणमा सेयर जारी गरिसकेका कम्पनीहरूले फेरि सर्वसाधारणमा सेयर जारी गर्नुपरेमा एफपिओ जारी गर्छन्। आइपिओ जस्तै यसमा पनि सर्वसाधारणले पनि आवेदन दिन पाउँछन्।
अहिले स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तले एफपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पनि पाइसकेका छन् भने बुटवल पावर कम्पनी, नेसनल लघुवित्त, विजय र किसान लघुवित्तले एफपिओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन्।
कुन कम्पनीको कति ?
स्वरोजगार लघुवित्त - स्वरोजगार लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता एफपिओ बिक्री गर्न बोर्डबाट अनुमति पाएको छ। संस्थाले फागुन १८ गतेदेखि एफपिओ निष्कासन गर्ने भएको छ ।
विन नेपाल लघुवित्तले १०० रूपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रूपैयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपिओ जारी गर्न धितोपत्र बोर्डले माघ ३० गते अनुमति दिएको हो। संस्थाले भने एफपिओ निष्कासन गर्ने मिति तय गरेको छैन् ।
बुटवल पावर कम्पनीले प्रतिकित्ता २०६.२९ रूपैयाँमा १ करोड कित्ता एफपिओ बिक्रीका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो। यस अनुसार कम्पनीले २ अर्ब ६३ करोड रूपैयाँ बराबरको एफपिओ जारी गर्नेछ।
नेसनल लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँका दरले ६ करोड ६९ लाख ९० हजार २७ रूपैयाँ बराबरको ६ लाख ६९ हजार ९०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो।
विजय लघुवित्तले १०० रूपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रूपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपिओ बिक्री गर्न अनुमति मागेको हो।
किसान लघुवित्तले १०० रूपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रूपैयाँ बराबरको १६ लाख ६६ हजार ९६५ कित्ता एफपिओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस