Like us!
Follow us!
Connect us!
Watch us!

व्यक्तिगत र विद्युतीय सवारी साधनको 'लोन टु भ्याल्यू रेसियो'को सीमा ६० प्रतिशत कायम

अर्थ संसार

मंगलबार, १३ फागुन २०८१, २२ : ४३ मा प्रकाशित

व्यक्तिगत र विद्युतीय सवारी साधनको 'लोन टु भ्याल्यू रेसियो'को सीमा ६० प्रतिशत कायम

नेपाल राष्ट्र बैंकले विद्युतीय गाडीमा कडाई गरेको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै विद्युतीय गाडीको कर्जा सीमा घटाएको हो । 

यसअघि विद्युत गाडीमा ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो । तर, केन्द्रिय बैंकले व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टु भ्याल्यू रेसियो) को सीमालाई ६० प्रतिशत कायम गरिने भएको छ ।  यद्यपि, विद्युतीय गाडीको कर्जा मूल्याङ्कन अनुपात घटाएता पनि आईसीई इन्जिन अर्थात् पेट्रोल–डिजेल लाग्ने गाडीको भने बढाएको छ । आइसीई इन्जिन गाडीमा अब ६० प्रतिशत पाइनेछ । जबकि, यसअघि ५० प्रतिशत कर्जा पाइने व्यवस्था रहेको थियो ।

मौद्रिक नीतिको समिक्षा मार्फत भनिएको छ,‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको