Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप लगानी गर्न जापानका व्यावसायिक कम्पनीहरुलाई अर्थमन्त्रीको आग्रह

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, १४ : ३९ मा प्रकाशित

नेपालमा थप लगानी गर्न जापानका व्यावसायिक कम्पनीहरुलाई अर्थमन्त्रीको आग्रह

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उत्साहित भएर लगानी गर्न जापानी लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपाल–जापान फ्रेन्डसिप समिट २०२५ मा भाग लिन नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुलाई भेट्दै पौडेलले यस्तो बताएका हुन् ।  उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरुका लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरुलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे।  

मन्त्री पौडेलले विदेशी लगानीकर्ताहरुका लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीका लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे। उनले सरकारले निजी क्षेत्रका सरोकारहरुलाई सम्बोधन गरी विभिन्न कानुनहरु अध्यादेशमार्फत संशोधन गरी लगानीका लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिए।

टोलीमा फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्यालीलगायत एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधिहरु सहभागी थिए। समिट आजबाट काठमाडौंमा सुरु भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको