बुधबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९ सय रुपैयाँले बढेको हो ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस