नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे बारम्बार स्पष्टीकरण किन सोधिएको हो भनेर सरकारको जवाफ माग गरेको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘आज स्पष्टीकरण, भोलि स्पष्टीकरण, पर्सि स्पष्टीकरण हुँदैहुँदै अहिले सरकार जसरी लागिरहेको छ यो बारेमा के सोचिएको हो सरकारले के भनेको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । र सभामुखमार्फत सरकारले के भएको हो जान्न चाहन्छु । म रुलिङको माग गर्दछु,’ उनले भने ।
जसले राम्रो काम गरिरहेको छ उसले शून्य अंक किन दिइएको भनेर उनले प्रश्न गरे,‘कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र कार्यसम्पादनमा शून्य अङ्क दिने कुरा के हो ? जसले राम्रो काम गरेको छ । विद्युत् प्राधिकरणलाई नाफामा लगिरहेको छ । यो कुरा के हो ?’
आजको बैठकमा विभिन्न पाँच अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची छ । सरकारले माघ १८ गते पेस गरेको ६ मध्ये पाँच अध्यादेश आज निर्णयार्थ पेस गर्न लागिएको हो । पेस भएकामध्ये भूमि अध्यादेश भने थाती राखेर अन्य अध्यादेश पेस गर्न लागिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस