नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजोका राजा महाराजाले जस्तो पुरै सडक खाली गराएर सवारी चलाउने सनक चढेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ पार्टीका कार्यकर्ताले वर्दिधारीलाई कुट्ने गर्दा लोकतन्त्रप्रति भरोसा राख्छ कि वितृष्णा भन्दै हेक्का राख्न आग्रह गरे ।
उनले सबै जनताको सघन निगरानीमा रहेको भन्दै पछिल्ला आठ महिनामा लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिएको बताए ।
प्रचण्डले भने,‘एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी धुनुभयो गंगामा । तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो तर मैले लोकतन्त्रमा देखियो,हामी सबैले आत्मसमीक्षा गरेर जबाफदेही भएनौ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिएँ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस