नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ ।
सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको शीष्र्ष नेताहरुको बैठकले सरकारको नालायकीपनका कारण आशावादी भएर राजावादीहरु सडकमा आएको निष्कर्ष निकालेको हो ।
उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले काम गर्न नसकेकाले उनीहरु सडकमा आएको पार्टीले निष्कर्ष निकालिएको जानकारी दिए ।
‘यो सरकारले पर्फमेन्स दिन नसकेकाले एकै निमेषमा तथ्यहरू बाहिर आउने गरेका छन् । अन्ततः सरकारको नालायकीले नै गर्दा उनीहरू (राजावादी) आशावादी भएका हुन्,’ सापकोटाले भने ।
आफूहरूले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेलेको बताउँदै अहिले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतीमा नरमाउन पनि आग्रह गरे ।
‘हामीले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेल्दै आएका हौं । यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतीमा कोही लागेको छ भने त्यो दिवासपना मात्रै हुन्छ,’ सापकोटाले भने ।
जनतालाई भ्रमित पार्ने उद्देश्यतिर केही शक्तिहरू लागेको उनको भनाइ छ ।
‘पहिला राजतन्त्रले, राजाले गरेका कुकृत्यबारेमा नेपाली जनताले अहिले पनि बिर्सिएका छैनन्,’ सापकोटाले भने, ‘नेकपा माओवादी केन्द्रका साथीहरू समाजवाद निर्माणको लाइनमा लागिसकेका छन् ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस