Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग हुदैछ - प्रचण्ड

अर्थ संसार

मंगलबार, २७ फागुन २०८१, १५ : २५ मा प्रकाशित

सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग हुदैछ - प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको अविवेक र अर्कर्मन्यताका कारण जनतामा व्यवस्थाप्रति नै मोहभंग हुन थालेको बताएका छन् ।

प्रतिनिधिसभाको वैठकमा सम्वोधन गर्दै प्रचण्डले पूर्वराजालाई सुरक्षित रुपमा देशमै राख्ने व्यवस्था गरेर गणतन्त्र ल्याएको बताउदै लामो संघर्षबाट प्राप्त उपलब्धीमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिएको बताए ।

प्रचण्डले भने, ‘सारा उपलब्धिलाई उल्टाउने कोसिस हुँदैछ । अब हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ । सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग भइरहेको छ । ८ महिना अघिसम्म यस्तो ठूलो असन्तोष थिएन । माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो । अहिले सबैतिर आन्दोलन छ ।’

प्रचण्डले सरकारको कामका कारण व्यवस्थाप्रति नै निराशा छाएको उल्लेख गर्दै उनले गणतन्त्रमा फोहोर फालिएको टिप्पणी गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको