Like us!
Follow us!
Connect us!
Watch us!

आर्यघाटमा सेलाएको राजतन्त्रका भुतहरू फेरि बौरिन थाले - सुरेश आलेगमर

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, १५ : ५८ मा प्रकाशित

आर्यघाटमा सेलाएको राजतन्त्रका भुतहरू फेरि बौरिन थाले - सुरेश आलेगमर

नेकपा माओवादी केन्द्रका सांसद सुरेश आलेमगरले राजतन्त्रको नाममा भइराखेको गतिविधि नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद मगरले भने,‘प्रतिगामी तत्वहरु सलबलाइरहेका छन् । २५० वर्ष पुरानो राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौं । तर, त्यसका भुतहरु फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दैछन्।’

संसदमा माओवाद केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा)का सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर सरकारको आलोचना गरेका छन् । साथै सरकारलाई व्यवस्था विरोधी आवाज मथ्थर पार्ने कार्य गर्न समेत सुझाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको