Like us!
Follow us!
Connect us!
Watch us!

संसद्‍मा ऊर्जामन्त्रीले भने– लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ

अर्थ संसार

विहीबार, २२ फागुन २०८१, १५ : ०२ मा प्रकाशित

संसद्‍मा ऊर्जामन्त्रीले भने– लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानून भन्दा माथि नभएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री कुलमानले यस्तो बताएका हुन् ।  उनले कार्यसम्पादन मूल्याङ्कन समयमै नबुझाएको कारणले शून्य अङ्क दिएको प्रष्टीकरण दिए।

उनले प्राधिकरण सञ्चालक समितिले प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्न निर्णय गरे पनि कुलमानले नटेरेको बताए ।

यस्तै मन्त्री  खड्काले लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्ने समेत बताए ।

उनले भने, ‘हामीले पटक पटक माग्दा बेवास्ता गरियो। तर, पुसमा उहाँ आफैँले ९८.९९ प्रतिशत आएको छ भनेर मन्त्रालयलाई बुझाउनुभयो। यहाँ धेरै शिक्षक साथीहरू हुनहुन्छ, विद्यार्थी भएर आएकाहरू पनि हुनुहुन्छ, यदि विद्यार्थी परीक्षामा सहभागी हुँदैन भने कति नम्बर प्राप्त गर्नुहुन्छ ?’

‘४ सय मेगावाट उहाँहरू (भारत) लाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो । त्यसका लागि म यही सदनबाट भन्न चाहन्छु लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ।'

केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा भारतबाट बिजुली खरिद गर्ने निर्णय भएको स्मरण गराउँदै मन्त्री खड्काले लोडसिडङको अन्त्य एकजना व्यक्तिले मात्रै नगरेको बताए ।

उनले भने, ‘उहाँ एक जना (कुलमान घिसिङ) व्यक्तिले मात्रै गरेको होइन । कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला । त्यसमा पनि छलफल गरौं । उहाँले राम्रो गरेको काममा कन्जुस्याइँ कहाँ गरौं भनेको छ र । उहाँलाई धन्यवादै दिन सकिन्छ । यहाँ उठेका प्रश्नहरू मात्रै मैले निवेदन गर्न चाहेको हुँ । त्यस्तो होइन है माननीयज्यूहरू । यो भ्रममा नपालौं भन्न चाहेको हुँ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको