Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानले बुझाए मन्त्रालयलाई स्पष्टीकरण

अर्थ संसार

आइतबार, २८ पुस २०८१, १८ : २४ मा प्रकाशित

कुलमानले बुझाए मन्त्रालयलाई स्पष्टीकरण

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण पेस गरेका छन् । 

मन्त्रालयले ७ दिनको समय दिएर घिसिङलाई कार्यसम्पादन सम्झौता किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कानुनी रुपमा स्पष्टीकरण सोध्न नमिल्ने बताएका छन् ।

उनले मन्त्रिपरिषदबाट नियुक्ति पाएकाले त्यहिबाट सोध्नुपर्ने उल्लेख गरेका छन् । साथै ऊर्जा मन्त्रालयलाई पदबाट मुक्त गर्न चुनौतीसमेत दिएका छन् । ‘उहाँहरुले ९ बुँदामा सोध्नु भएको छ । मैले पनि ९ बुँदामा सबैको जवाफ दिएको छु,’ मैले कार्य सम्पादन बुझाइसकेकाले त्यसको मल्यांकन हुन बाँकी छ । मूल्यांकन नभई स्पष्टीकरण सोध्न मिल्दैन ।’

गएको सोमबार सरकारलाई निरन्तर अहसयोग गरेको भन्दै उनलाई ऊर्जा सचिव सुरेश आचार्यले ९ बुँदे स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण पत्रमा सात दिनभित्र लिखित जवाफ दिन भनिएको थियो ।

स्पष्टीकरणमा ऊर्जा मन्त्रालयले मागेको १५ बुँदे विवरण स्पष्ट रुपमा नबुझाएको, पटक पटक असहयोगी भूमिका खेलेको, सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको, पदीय मर्यादा विपरितका कामहरु गरेको, मन्त्रालयको निर्देशनलाई अवज्ञा गरेको उल्लेख छ ।साथै घिसिङले मन्त्रालयले विवरण माग गर्दा सत्यतथ्य लुकाए यथार्थपरक, जवाफ नपठाइ केवल औपचारिकता निर्वाह गर्ने ढंगले असन्तुलित जवाफ र असम्बन्धित कागजात पठाएको उल्लेख छ । मन्त्रालयले माग गरेको कार्य सम्पादन विवरण नबुझाएर लापारबाही गरेको भन्दै स्पष्टीकरण मागेको हो ।  टिओडी मिटरको विवरण जाँच गर्न ऊर्जा मन्त्रालयले गठन गरेको समितिलाई भत्ता र गाडीको सुविधा दिन नमानी नोट अफ डिसेन्ट लेखेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

घिसिङले स्पष्टीकरण बुझाउनुअघि कार्य सम्पादन विवरण समेत बुझाइसकेका छन् । उनले कार्य सम्पादन ९८.९९ अंक दाबी गरेका छन् । 

 टिओडी मिटरको विवरण जाँच गर्ने समिति अवैध भएको बताएका छन् ।  विद्युत नियमन आयोग र अदालतले मात्रै जाँच समिति बनाउन सक्ने उल्लेख छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी समय नै पुननिर्माण सकेर सञ्चालनमा ल्याएको उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको