Like us!
Follow us!
Connect us!
Watch us!

निर्मल पुर्जा विरुद्ध फेक समाचार लेखेको आधारमा प्रेस काउन्सिलद्वारा हिमालयन टाइम्स कालोसूचीमा

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, ११ : २२ मा प्रकाशित

निर्मल पुर्जा विरुद्ध फेक समाचार लेखेको आधारमा प्रेस काउन्सिलद्वारा हिमालयन टाइम्स कालोसूचीमा

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाईको) बारेमा भ्रामक समाचार लेखेको भन्दै प्रेस काउन्सिल नेपालले हिमालयन टाइम्सलाई कालोसूचीमा राखेको छ ।

प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै हिमालयन टाइम्सलाई कालोसूचीमा राखेको हो ।  
काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहद्वारा जारी बिज्ञाप्तीमा लेखीएकाे छ , कालोसूचीमा राख्ने' निर्णयानुसार हिमालयन टाइम्सलाई  मूल्याङ्कन वर्गीकरण प्रक्रियाबाट अलग गर्ने, लोककल्याणकारी विज्ञापनलगायत अन्य सुविधाबाट बन्चित गर्ने, सरकारी वा कुनै पनि सार्वजनिक निकायका तर्फबाट उपलब्ध गराइने कुनै पनि प्रकारका विज्ञापन वा सुविधाहरू उपलब्ध नगराउन सम्बन्धित निकायमा सिफारिस गर्नेसमेतका थप कारबाही किन नगर्ने ? स्पष्टीकरण माग गर्ने" निर्णय भएको हुँदा निर्णयानुसार ३ दिनभित्र स्पष्टीकरणसमेत पेस गर्न सूचित गरिन्छ भनीएकाे छ ।

दि हिमालयन टाइम्स दैनिक र thehimalayantimes.com बाट हिमालयन एडभेन्चर्स प्रा. लि. र निर्मल पूर्जा 'NimsDai' को नामसँग जोडेर सम्प्रेषित सामग्रीउपर मिति २०८१ जेठ १४ गते दर्ता भएको उजुरी सम्बन्धमा सम्बन्धितको खण्डन तथा प्रतिक्रियालाई स्थान दिई सम्प्रेषण गर्न एवं सम्प्रेषण गर्न नसकिने आधार / कारण भए सोको जानकारी गराउन ०८१ जेठ १८ गते पत्राचार भएकोमा त्यहाँबाट १९ मे २०२४ को फलोअप समाचार इलाइट एक्स्पेडकै पत्रका आधारमा तयार गरिएको र त्यसमा उल्लेख भएको खण्डन समावेश गरिएको हो ।' भनी मिति ०८१/०३/१० गते प्राप्त जवाफ उजुरीकर्तालाई जानकारी गराइएको थियो ।
उक्त सम्बन्धमा उजुरीकर्ताबाट 'खण्डनमा इलाइट एक्स्पेडकै पत्रको आधारमा समाचार तयार गरिएको भनिएको छ तर हाम्रो पत्रको आशयलाई गलत तरिकाले तोडमोड  गरेर अर्कै अर्थ लाग्ने गरी समाचार प्रकाशन भएको र प्रतिक्रया समेत चित्त नबुझेको' भनी मिति ०८१ भदौ ८ गते बुँदागतरुपमा पेस भएको प्रतिक्रियाको अध्ययनपश्चात् त्यहाँ सञ्चार माध्यममा उजुरीकर्ताबाट पेस भएको प्रतिक्रियाको बुँदा १ देखि ३ लाई खण्डनकोरुपमा सम्प्रेषण गर्न मिति ८१ भदौ ११ गते पत्राचार गरिएकोमा त्यहाँबाट कुनै प्रतिक्रिया / जवाफ प्राप्त नभएपछि विभिन्न मितिमा ताकेता र पुनः ताकेता गर्दासमेत कुनै जवाफ पेस नभएको सन्दर्भमा उक्त  सञ्चार माध्यमलाई पत्रकार आचारसंतिा २०७३ (पहिलो संशोधन २०७६ ) को दफा ५(१) (ज) बमोजिम थप कारबाही अगाडि किन नबढाउने ? भनी मिति २०८१ भदौ २७ गते स्पष्टीकरण सोधिएकोमा त्यहाँबाट ढिलागरी मिति ०८१ असोज ११ गते 'दि हिमालयन टाइम्स अंग्रेजी राष्ट्रिय दैनिक पत्रिकामा २३ सेप्टेम्बर २०२४ मा खण्डन प्रकाशन भएको' भनी स्पष्टीकरणसहित पेस भएको खण्डनको अध्ययन / अनुगमन गर्दा - Purja denies any wrongdoing in Aussie climber's case' शीर्षकमा उजुरीकर्ताको प्रतिक्रियालाई आंशिक स्थान दिएको देखिएपनि यसमा Gilmore को भनाईलाई उद्धृत गर्दै उजुरीकर्ताको खण्डनको प्रतिखण्डन गरी समाचार प्रकाशन भएको देखिएको र सम्प्रेषित समाचारका सम्बन्धमा उजुरीकर्ताबाट पुनः०८ भदौ २७ गतेको मिति ०८१ असोज ६ गते उजुरी / निवेदन पेस हुनुका साथै मिति ०८१ असोज १३ गते हरेक समाचारको खण्डन गर्दै प्रकाशित समाचारको विषयमा आफ्नो खण्डन एवं प्रतिक्रिया समेटिएको १८ पृष्ठ लामो प्रतिक्रियासमेत पेस भएको थियो ।

उक्त सम्बन्धमा मिति ०८ असोज १८ गतेको बैठकबाट यस विषयमा थप अध्ययन/अनुसन्धान गनुपर्ने आवश्यकता देखिएकोले अध्ययन/अनुसन्धान गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गर्ने निर्णयबमोजिम गठन भएको कार्यदलले अध्ययन अनुगमन गरी पेस गरेको प्रतिवेदनका सम्बन्धमा मिति ०८१ फागुन ०८ गतेको बैठकमा छलफल हुँदा “प्रतिवेदनले एकपक्षीय / सन्तुलनरहित ढङ्गबाट सिलसिलेवररूपमा, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैप्रति अनुचित लाभ वा हानी पुऱ्याउने नियत राखी सञ्चार माध्यमले समाचार प्रकाशन् गरी आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ७ बमोजिम यथोचित कारबाही गर्न सकिने निष्कर्षसहित सिफारिस गरेको सन्दर्भमा सम्बन्धित सञ्चार माध्यमहरू ( पत्रिका/डिजिटल ) दुवैबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ४(३) (१), ४(६) (१) र ५(२) उल्लङ्घन गरेको ठहर गर्दै The Himalayan Times Daily र thehimalayantimes.com लाई पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ७ १(ज) बमोजिम अवज्ञाकारी गरेको भनी कालोसूचीमा राखीएकाे प्रेस काउन्सिलले जनाएको छ ।

67cd29cf45137.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको