आइतबार सेयर बजारमा राताम्य यात्राले निरन्तरता पाएको छ । आज बजारमा भारी गिरावट देखिएको हो । बजारको गिरावटले लगानीकर्तामा निरासाको अवस्था सिर्जना गरेको छ ।
बजारको घट्नुलाई कतिपयले राजा आउने हल्लासँग जोड्न थालेका छन् । यो अस्थिर राजनीतिक परिप्रेक्ष्यले बजारलाई ओरालो तिर लगेको हो ।
नेप्से आज ४६.३३ अकंले घटेर २७७२.१० बिन्दुमा कायम भएको छ । आज २ करोड २७ लाख २६ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९ करोडको सेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आइतबार २४ कम्पनीको सेयरमूल्य बढ्दा २१७ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस