Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

अर्थ संसार

बुधबार, २८ फागुन २०८१, १२ : १२ मा प्रकाशित

स्वरोजगार लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार (चैत १ गते) बाँडफाँट हुने भएको छ । यही फागुन १८ देखि २१ गतेसम्म बिक्री गरेको थप एफपीओ यही शुक्रबार बिहान १० बजे आफ्नै कार्यालय बालुवाटार, काठमाडौंमा बाँडफाँड हुने तयारी रहेको बिक्री प्रबन्धक  एनएमबि क्यापिटलले जानकारी दिएको हो। 

स्वरोजगारको एफपीओमा मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको छ । यसर्थ कम्पनीको एफपीओमा  गोलाप्रथाबाट बाँडफाँड गरिनेछ।

यसमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १९ हजार ५७७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली हुनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको