Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको आजबाट एफपीओ खुला

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, १० : २६ मा प्रकाशित

स्वरोजगार लघुवित्तको आजबाट एफपीओ खुला

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन १८ गते आइतबारदेखि एफपीओ निष्कासनमा ल्याएको छ ।

यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको  प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गरेको हो ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो सेयरका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि चैत ३ गतेसम्म लम्बिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको