Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, १० : २७ मा प्रकाशित

स्वरोजगार लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल विद्यमान संस्थापक सेयरधनीले मात्र किन्न पाउने गरी १२ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२० रुपैयाँ तोकिएको छ। सो सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिन भित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको