Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको लाभांश घोषणा,बोनस सेयर कति ?

अर्थ संसार

विहीबार, २२ फागुन २०८१, १० : २३ मा प्रकाशित

स्वरोजगार लघुवित्तको लाभांश घोषणा,बोनस सेयर कति ?

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा जम्मा १४.६२५०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमध्ये १३.८९३८२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३१२५ प्रतिशत नगद लाभांश रहेको छ।

साथै हाल यस कम्पनीले एफपीओ निष्कासन गरेको हुँदा बुक क्लोज अगावै एफपीओ बाँडफाँड भई नेप्सेमा सूचीकृत भएमा एफपीओ पर्नेले समेत लाभांश प्राप्त गर्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको