Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले ‘जीन्दगी चल्न त चल्या छ…’ बोलको गीत सुनेर आत्मालोचना गर्दै सच्चियोस्, - सांसद कार्की

अर्थ संसार

आइतबार, ०३ चैत्र २०८१, १२ : ४५ मा प्रकाशित

सरकारले ‘जीन्दगी चल्न त चल्या छ…’ बोलको गीत सुनेर आत्मालोचना गर्दै सच्चियोस्, - सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्की भण्डारीले गायक भूपू पाण्डेको ‘जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ’ बोलको गीत सुनेर आत्मालोचना गर्न सुझाव दिएकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा उनले जनताको आक्रोशलाई बेवास्ता गर्ने हो भने सरकारले अझै चर्को मूल्य चुकाउनुपर्ने जिकिर गरिन् । उनले नेपाली जनता कुनै राजा फर्काउन नभई नेताहरूकै अकर्मण्यता र भ्रष्टाचारबाट निराश र दिक्क भएको बताइन् ।

उनले भनिन् ।‘तर, नेपाली जनता कुनै राजा फर्काउने होइन, नेताहरूकै अर्कमण्यता र भ्रष्टाचारले निराश र दिक्क भएर सडकमा निस्केका हुन्,।’  यस्ता सन्दर्भ सुनाउँदै उनले गायक भूपू पाण्डेको ‘जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ’ बोलको गीत सम्झिइन् ।

‘श्री भूपु पाण्डेको जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ भन्ने गीतले जनताको पीर मर्काको हुबहु बयान गर्छ । सरकारले कमसेकम यो गीत सुनेर आत्मालोचना गर्दै सच्चियोस्,’ उनले भनिन्, ‘किनकी जनताको यो आक्रोशलाई अझै बेवास्ता गरियो भने यसको मूल्य अझै चुकाउनुपर्ने हुनेछ । त्यो मूल्यको जिम्मेवारी सरकारले नै बोक्नुपर्नेछ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको