Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वराजाको सचिवले राजाको इच्छा छैन, बाहिर चलेको हल्ला मात्रै हो भनेपछि मन शान्त भएको छ - माधवकुमार नेपाल

अर्थ संसार

आइतबार, २४ चैत्र २०८१, १६ : १३ मा प्रकाशित

पूर्वराजाको सचिवले राजाको इच्छा छैन, बाहिर चलेको हल्ला मात्रै हो भनेपछि मन शान्त भएको छ - माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्रसमेतको सहमतिमा देशमा गणतन्त्र ल्याएको दाबी गरेका छन् ।

आज पार्टी निकट आदिवासी जनजाति महासंघको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘ज्ञानेन्द्रले (राजतन्त्र) उहिले छोडिसकेको हो । हामी तीनजना नेता (आफू, राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइराला) ले यो जम्मै कुराहरु गरेका हौं । प्रचण्डजी पछि मात्रै आएका हुन् । हामी तीनजनाले पहिल्यै सहमति गरिसकेका थियौं ।’

नेपालले अहिले राजा फर्काउने कुरा नभएको र पूर्वराजाको पनि इच्छा नभएको आफूले सुनेको भन्दै खुशी व्यक्त गरे ।

उनले भने, ‘एउटा राम्रो कुरा मैले सुनेँ । त्यो उनको पूर्वराजाको सचिव एकजनाले बोलेको कुरा सही हो भने… मलाई थाहा छैन….उनले राजालाई फर्काउने कुरा छैन, राजाको इच्छा पनि छैन, बाहिर चलेको हल्ला मात्रै हो भनेपछि अलिकति मन शान्त भएको छ । अरुले पो फाइदा उठाउन खोजेका रहेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको