Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा नेता सुमना श्रेष्ठको टिप्पणी: "विनाशकाले विपरीत बुद्धि"

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, २१ : ५२ मा प्रकाशित

रास्वपा नेता सुमना श्रेष्ठको टिप्पणी: "विनाशकाले विपरीत बुद्धि"

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गर्ने निर्णय गरेपछि राजनीतिक वृत्तमा यसको चर्चा चुलिएको छ। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले सरकारको निर्णयप्रति कडा प्रतिक्रिया जनाएकी छिन्।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा "विनाशकाले विपरीत बुद्धि" भन्दै सरकारको निर्णयमाथि प्रश्न उठाएकी छिन्। उनले लेखेकी छन्, "सरकारको प्राथमिकता के हो? तीन महिना कार्यकाल मात्र बाँकी रहेको लोकप्रिय प्रशासकलाई यस्तो संवेदनशील समयमा हटाउनु?"

उनको स्टाटसमा दुई तिहाइको सरकार जनताको आक्रोश बुझ्न असफल भएको आरोप पनि लगाइएको छ। श्रेष्ठको भनाइले सरकारको निर्णयप्रति असहमति जनाउँदै आम जनताको भावनाको सम्मान नगरेको संकेत गरेको देखिन्छ।

कुलमान घिसिङको बर्खास्तीपछि सर्वसाधारणदेखि विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्। यो विषयमा सरकारको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको