Like us!
Follow us!
Connect us!
Watch us!

विद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौं - सांसद श्रेष्ठ

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, १२ : ४६ मा प्रकाशित

विद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौं - सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाइने प्रावधान विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा समेटिनुपर्ने माग गरेकी छन्। सिंहदरबारमा बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो माग राखेकी हुन्।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ।

छलफलका क्रममा श्रेष्ठले विद्यालय तथा विश्वविद्यालयमा तालाबन्दी वा बन्द गर्ने अधिकार कसैलाई पनि नदिनुपर्ने र त्यो कुरा विधेयकमै उल्लेख हुनुपर्ने धारणा राखिन्। उनले शिक्षकहरूले बन्द र हड्ताल गर्न नपाउने प्रावधान विधेयकमा राखिएको भएजस्तै निजी विद्यालयहरूका हकमा पनि सोही कुरा लागू हुनुपर्ने बताइन्।

श्रेष्ठले भनिन्, 'विद्यालय, विश्वविद्यालय कहिले र कसले बन्द गर्ने भन्ने अब अन्त्य हुनुपर्छ। जुनसुकै कारण भए पनि कुनै शिक्षण संस्था बन्द गर्न पाउनुहुँदैन। विद्यार्थीको मौलिक हकको हनन कसैले गर्न मिल्दैन। हामीले शिक्षकका हकमा बन्द गर्न नपाइने लेखेका छौं, त्यसैगरी निजी विद्यालयका लागि पनि लेख्नुपर्छ।'

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको