Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानको बर्खास्तीप्रति प्रचण्डको कडा आपत्ति, "२/३ को दम्भमा सरकारले गल्ती गर्‍यो"

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, २२ : ०९ मा प्रकाशित

कुलमानको बर्खास्तीप्रति प्रचण्डको कडा आपत्ति, "२/३ को दम्भमा सरकारले गल्ती गर्‍यो"

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारको निर्णयलाई ‘गलत र आपत्तिजनक’ भन्दै आलोचना गरेका छन्। प्रचण्डले लेखेका छन्, “देशमा जनताले चरम लोडसेडिङको सामना गरिरहेका बेला मेरो नेतृत्वको सरकारले उर्जा विज्ञका रूपमा कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनको विज्ञता, क्षमता र हाम्रो सरकारको संयुक्त प्रयासले उज्यालो नेपाल निर्माण सम्भव भएको थियो।”

उनले घिसिङले विद्युत प्राधिकरणको बाँकी बक्यौता उठाउनुपर्ने कुरामा जोड दिएका कारण लामो समयदेखि सरकारले पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गरिरहेको आरोप लगाए।

प्रचण्डले थप लेखेका छन्, “आज भने मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा भएको छ। आशा गरौं, यो खबर असत्य साबित होस्। यदि सत्य रहेछ भने सरकारको यो कदम पूर्ण रूपमा गलत र आपत्तिजनक छ। दुई तिहाइ बहुमतको दम्भमा गरिएको यो निर्णयको घोर निन्दा गर्दछु।”

घिसिङको बर्खास्तीलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरू र सर्वसाधारणले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिरहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको