Like us!
Follow us!
Connect us!
Watch us!

लेखासहित संसदका तीन समितिको बैठक बस्दैँ

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, ०८ : ०० मा प्रकाशित

लेखासहित संसदका तीन समितिको बैठक बस्दैँ

संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछन् ।

संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः३० बजे बोलाइएको छ । जुन बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौँदा प्रतिवेदन उपर छलफल हुने छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पुरानै अजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ ।

साथै, सार्वजनिक लेखा समितिको बैठकमा भने हुलाकी, वि.पी र अरनिको राजमार्ग लगायतका राष्ट्रिय राजमार्गहरुको वर्तमान अवस्थाबारे छलफल हुने संसद सचिवालयले जनाएको छ । जुन बैठक दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको