समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको समर्थनमा आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई भव्य बनाउन तयारी तीव्र बनाएको छ। आयोजकहरूका अनुसार यस प्रदर्शनमा करिब डेढ लाखसम्म प्रदर्शनकारी सहभागी हुनसक्ने अपेक्षा गरिएको छ।
विरोध प्रदर्शनलाई व्यवस्थित बनाउन समाजवादी मोर्चाले काठमाडौंका विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरेको छ। कोटेश्वर, माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर, नागपोखरी, र पुतलीसडक हुँदै भृकुटिमण्डपमा सभामा परिणत गर्ने योजना बनाइएको छ। यस क्रममा गणतन्त्रको सन्देश फैलाउँदै व्यापक जनसहभागिता सुनिश्चित गरिने आयोजकहरूले बताएका छन्।
गणतन्त्रको सशक्तीकरण गर्ने उद्देश्यसहित आयोजना गरिने प्रदर्शनमा विभिन्न राजनीतिक दल, नागरिक समाज, तथा स्वतन्त्र समूहहरूलाई सहभागी गराउन पहल भइरहेको छ। गणतन्त्रको स्थायित्व र सुरक्षा अहिलेको आवश्यकता रहेको भन्दै आयोजकहरूले सबै गणतन्त्र समर्थक शक्तिहरूलाई प्रदर्शनमा उपस्थित हुन आग्रह गरेका छन्।
विशाल संख्यामा प्रदर्शनकारीको उपस्थिति रहने भएकाले प्रदर्शनलाई व्यवस्थित बनाउन विभिन्न समन्वय समिति खडा गरिएको छ। प्रत्येक रुटमा स्वयंसेवक परिचालन गरिनेछ भने ट्राफिक व्यवस्थापनलाई समेत ध्यानमा राखिएको छ। राजधानीका मुख्य स्थानहरूमा सुरक्षाकर्मी तैनाथ गरिने र प्रदर्शनलाई मर्यादित रूपमा सम्पन्न गरिने बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस