Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी केन्द्रका चार ठाउँबाट जुलुस,सभामा को बोल्ने अझै टुंगो छैन

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, ०८ : ३० मा प्रकाशित

माओवादी केन्द्रका चार ठाउँबाट जुलुस,सभामा को बोल्ने अझै टुंगो छैन

राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।

जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँवाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँवाट प्रदर्शन गर्नेछन् ।

जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्हखुट्टेवाट जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुदैँ आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धारवाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटवाट प्रदर्शन गर्नेछन ।

अपरान्ह १२ बजेवाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । तर, सो सभालाइ कस कसले सम्बोधन गर्ने भन्ने अझै सार्बजनिक गरिएको छैन ।

67e60d7f19136.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको