Like us!
Follow us!
Connect us!
Watch us!

आज बढ्यो सुनको मूल्य, कति पुग्यो ?

अर्थ संसार

विहीबार, १४ चैत्र २०८१, १० : ३२ मा प्रकाशित

आज बढ्यो सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १ हजार ३ रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५ सयमा रुपैयाँमा कारोबार भएको थियो । केही दिन अघि निरन्तर घट्दै गएको सुनको भाउ बुधबार २ सय रुपैयाँले बढेको थियो ।

त्यसैगरी सुन सँगै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको