Like us!
Follow us!
Connect us!
Watch us!

इन्टर्नका रूपमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई काठमाडौँ महानगरपालिकाले आह्वान

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, ०८ : २० मा प्रकाशित

इन्टर्नका रूपमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई काठमाडौँ महानगरपालिकाले आह्वान

काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा कार्य गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेश गर्न आह्वान गरेको छ।

महानगरपालिकाको केन्द्रीय कार्यालय र वडा कार्यालयहरूमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानूनी सेवा प्रदान गर्नका लागि न्यायिक सहजकर्ता (इन्टर्न) को रूपमा काम गर्न इच्छुक कानुन क्याम्पसमा अध्ययनरत (कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका) विद्यार्थीहरूलाई निवेदन पेश गर्न आह्वान गरिएको हो। यस सूचना प्रकाशन भएको मितिले १० दिन भित्र महानगरपालिकाको कानूनी तथा मानव अधिकार विभागमा निवेदन पेश गर्नुपर्नेछ।

निवेदनका लागि आवश्यक कागजातमा निवेदन, नागरिकताको प्रतिलिपि, कानुन क्याम्पसमा तीन वर्ष अध्ययन गरिसकेको शैक्षिक प्रमाणपत्र र अध्ययनरत विद्यार्थीको हकमा सम्बन्धित क्याम्पसको सिफारिसको आवश्यक्ता रहेको छ।

6768ccc5e1594.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको