Like us!
Follow us!
Connect us!
Watch us!

राजावादी–गणतन्त्रवादी प्रदर्शन तयारी - रत्नपार्क–भद्रकालीको बाटो बन्द, कोटेश्वरमा सवारी साधन प्रवेश निषेध

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, ११ : १४ मा प्रकाशित

राजावादी–गणतन्त्रवादी प्रदर्शन तयारी - रत्नपार्क–भद्रकालीको बाटो बन्द, कोटेश्वरमा सवारी साधन प्रवेश निषेध

समाजवादी मोर्चाले आयोजना गरेको प्रदर्शनका लागि मानिसको उपस्थिति बाक्लिएपछि रत्नपार्कबाट भद्रकाली जाने सवारी रुट डाइभर्ट भएको छ ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार रत्नपार्क जाने सवारी साधनलाई बागबजारबाट पुतलीसडक हुँदै डाइभर्ट गरिँदैछ । 

पुतलीसडकको एकतर्फी आवागमन (वान वे) खुला गरिएको छ । त्यहाँबाट अनामनगर, माइतीघर वा कमलपोखरी तर्फ जान पाइने छ। कोटेश्वरमा शुरु हुन लागेको राजावादी प्रदर्शनलाई लक्षित गर्दै तीनकुने र जडीबुटीबाट त्यहाँ जाने सवारी साधनलाई रोक लगाइएको छ । तर, कोटेश्वर छिचोलेर पुग्नुपर्ने गन्तव्यका निम्ति वैकल्पिक रुट तोकिएको छैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको