Like us!
Follow us!
Connect us!
Watch us!

तीनकुनेमा राजावादी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, १३ : ५२ मा प्रकाशित

तीनकुनेमा राजावादी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त

काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप भएको छ । राजावादीको प्रर्दशनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

प्रहरीले प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो । तर, उनीहरू प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडपको स्थिति सिर्जना भएको हो । प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए । 

प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको