सर्वोच्च अदालतले कुलमान घिसिङको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि दुवै पक्ष झिकाउने आदेश भएको हो । वरिष्ठ अधिवक्ता डा दिनमणि पोखरेलका अनुसार, मुद्दालाई प्राथमिकता दिई चाँडै नै पेसी तोक्ने भनिएको छ ।
कुलमानले अन्तरिम आदेश नपाएपछि हितेन्द्रमान शाक्यले कार्यकारी निर्देशकका रुपमा कामकाज अघि बढाउने बाटो तत्कालका लागि खुला भएको छ । कुलमानले हितेन्द्रको नियुक्ति बदर गरी आफूलाई पुनर्वहाली गरिपाउ भनी सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस