Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश

अर्थ संसार

विहीबार, ०३ बैशाख २०८३, २० : ४४ मा प्रकाशित

पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले उनको पक्राउ प्रक्रियालाई गैरकानूनी ठहर गर्दै तत्काल रिहाइको निर्देशन दिएको हो।

पत्नी विनिता थापाले दायर गरेको रिटमा सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। अदालतले खड्कालाई कानुनी आधारबिना नियन्त्रणमा राखिएको निष्कर्ष निकालेको जनाएको छ।

थुनामुक्तिको आदेशसँगै अदालतले खड्काको विदेश भ्रमणमा भने सर्त तोकेको छ। अब उनी विदेश जानुअघि अनिवार्य रूपमा अदालतबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार अदालतले उनको थुनालाई गैरकानूनी माने पनि थप निगरानी आवश्यक ठहर गर्दै यस्तो प्रावधान राखेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको