Like us!
Follow us!
Connect us!
Watch us!

तिनकुने घटनामा संलग्न रहेको आरोपमा पुष्कर खतिवडा पक्राउ

अर्थ संसार

शनिबार, १६ चैत्र २०८१, १० : ५० मा प्रकाशित

तिनकुने घटनामा संलग्न रहेको आरोपमा पुष्कर खतिवडा पक्राउ

धार्मिक अभियन्ता तथा सामाजिक सञ्जालमा चर्चित ज्योतिष पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रबार इमाडोलस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले खतिवडालाई पक्राउ गरेको पुष्टि गरेको छ। आफूमाथि पक्राउ परेका विषयमा उनले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै लेखेका छन्, "मलाई भर्खरै महाराजगञ्ज प्रहरी वृत्तमा ल्याइएको छ। देशका लागि शुभकामना।"

प्रहरी स्रोतका अनुसार, तिनकुने क्षेत्रमा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको