Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईं अझै फरार, प्रहरीको खोजी जारी

अर्थ संसार

शनिबार, १६ चैत्र २०८१, १० : ५९ मा प्रकाशित

दुर्गा प्रसाईं अझै फरार, प्रहरीको खोजी जारी

काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले सक्रिय रूपमा अनुसन्धान गरिरहेको छ। प्रदर्शनका प्रमुख योजनाकार मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै फरार छन् भने सुरक्षाकर्मीहरूले उनको खोजीलाई तीव्र बनाएका छन्।

शुक्रबार निषेधित क्षेत्रमा जबर्जस्ती प्रवेश गर्न खोज्दा अवस्था तनावग्रस्त बनेको थियो। प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले १४ ठाउँमा आगजनी गर्नुका साथै १५ वटा सरकारी तथा निजी गाडी जलाएका थिए।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा लगायत पाँच जनालाई शुक्रबार राति नै पक्राउ गरेको छ। तर, आन्दोलनको अगुवाइ गरेका प्रसाईं भने मोबाइल अफ गरेर फरार भएका छन्।

यसैबीच, धार्मिक अभियन्ता तथा सामाजिक सञ्जालमा चर्चित ज्योतिष पुष्कर खतिवडालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई शुक्रबार इमाडोलस्थित घरबाट पक्राउ गरिएको हो।

शुक्रबारको घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले अवस्था नियन्त्रणमा लिन अपराह्नदेखि नै कर्फ्यु आदेश जारी गरेको थियो। प्रहरीले प्रदर्शनमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी कारबाही अघि बढाइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको