नेपाल प्रहरीले २०८१ चैत १५ गते काठमाडौंका विभिन्न क्षेत्रहरूमा भएको तोडफोड, आगजनी, लुटपाट र अन्य गैरकानुनी गतिविधिहरूमा संलग्न व्यक्तिहरूको पहिचान र अनुसन्धानका लागि सार्वजनिक सहयोगको अपिल गरेको छ।
काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र र निजी तथा सरकारी सवारी साधनमा भएको तोडफोड र आगजनीको घटनामा प्रमाण संकलन गर्न जनताबाट सूचना संकलन गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ।
प्रहरीले सूचना कर्ताको गोपनियता कायम राख्ने सुनिश्चितता दिएको छ र नागरिकलाई सूचना उपलब्ध गराउनका लागि [email protected] मा सम्पर्क गर्न अपिल गरेको छ।
नेपाल प्रहरीले सबैलाई सुरक्षित र निष्पक्ष जानकारी दिने अपिल गर्दै, देशको सुरक्षा र शान्ति कायम राख्नको लागि नागरिकको सक्रिय सहयोगको आवश्यकता रहेको जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस