अविरल वर्षाका कारण देशभर विभिन्न स्थानमा आएको बाढी, पहिरो र चट्याङले ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ।
नेपाल प्रहरीको साढे १ बजेसम्मको तथ्यांकअनुसार शुक्रबार र शनिबार परेको भारी वर्षाका कारण सिर्जित प्राकृतिक प्रकोपमा परी इलाममा सबैभन्दा बढी ३७ जनाको मृत्यु भएको छ। सो जिल्लामा ७ जना घाइते भएका छन् भने एकजना अझै बेपत्ता छन्।
पाँचथरमा सडक दुर्घटनाका कारण ६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, उदयपुरमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ भने खोटाङमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ।
रौतहटमा पनि चट्याङ लागेर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीले बगाएर रसुवामा ४ जना, बारामा १ जना र काठमाडौंमा १ जना बेपत्ता छन्। मकवानपुरमा चट्याङ लागेर एकजना घाइते भएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस