Like us!
Follow us!
Connect us!
Watch us!

चालकलाई चिट काटेपछि ट्राफिकले २५ प्रतिशत कमिसन पाउँछ ?

अर्थ संसार

मंगलबार, ३० असार २०८३, १३ : १४ मा प्रकाशित

चालकलाई चिट काटेपछि ट्राफिकले २५ प्रतिशत कमिसन पाउँछ ?

ट्राफिक प्रहरीले नियम उल्लंघन गर्नेहरूबाट उठाइने जरिवाना वापत २५ प्रतिशत विशेष भत्ता पाउने गरेको भनी सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त प्रचारमा कुनै सत्यता नभएको र त्यो पूर्णतः भ्रमपूर्ण रहेको स्पष्ट पारेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार, ट्राफिक नियम उल्लंघन गरे वापत सङ्कलन हुने जरिवानाको रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने गर्दछ । यस वापत ट्राफिक प्रहरीले कुनै पनि अतिरिक्त शुल्क वा सुविधा पाउने कानुनी व्यवस्था नरहेको प्रहरीले स्पष्ट पारेको छ ।

तथ्य र आधिकारिक जानकारी बिना अनुमानका भरमा यस्ता भ्रमपूर्ण समाचार फैलाउँदा आम नागरिकमा भ्रम पैदा हुने र सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ । नेपाल प्रहरीले यस्ता तथ्यहीन सूचनाको पछि नलाग्न सबैमा अनुरोध गर्दै कुनै पनि समाचार प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको