Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, १० : १९ मा प्रकाशित

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

नेपाल प्रहरीका आठ जना डीआईजीको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दीपक रेग्मीको सरुवा गरेको हो।

त्यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधवप्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा भएको छ। सरुवाअनुसार पौडेललाई प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्यविभाग कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेश, आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र रेग्मीलाई अन्वेषण, योजना तथा विकास निर्देशनालयमा खटाइएको छ।

यस्तै, क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट, श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको