Like us!
Follow us!
Connect us!
Watch us!

पियोर इनर्जीको आईपीओमा लगानी गर्नु अघि के के जान्नुपर्छ?

अर्थ संसार

सोमबार, १८ चैत्र २०८१, ११ : ३५ मा प्रकाशित

पियोर इनर्जीको आईपीओमा लगानी गर्नु अघि के के जान्नुपर्छ?

पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कुल शेयर निष्काशन

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

पूर्व निष्काशन गरिएको शेयर विवरण

  • आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि: १ लाख ६० हजार कित्ता (१ करोड ६० लाख रुपैयाँ बराबर)

  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि: १ लाख ४४ हजार कित्ता

  • सामूहिक लगानी कोषका लागि: ७२ हजार कित्ता

  • कर्मचारीका लागि: २८ हजार ८०० कित्ता

आईपीओ आवेदन विवरण

सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा २०८२ बैशाख २ गते हुनेछ भने ढिलोमा बैशाख ११ गते हुनेछ।

रेटिङ्ग र वित्तीय अवस्था

कम्पनीको आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले 'CARE NP Double B Plus Issuer Rating' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

वित्तीय प्रतिवेदन

कम्पनीको हालसम्मको वित्तीय प्रतिवेदन निम्नानुसार छ:

विवरण
वास्तविक (आ.व. २०७८/७९)
वास्तविक (आ.व. २०७९/८०)
पौष मसान्त (आ.व. २०८०/८१)
प्रक्षेपित (आ.व. २०८१/८२)
प्रक्षेपित (आ.व. २०८२/८३)
प्रति शेयर नेटवर्थ (रु.)
५८.६०
५८.२७
५८.७२
१०१.८३
११०.६४
प्रति शेयर आम्दानी (रु.)
(०.३४)
(०.३५)
०.३७
५.२६
८.२१
संचित नाफा/नोक्सान (रु.)
(१५,३७,५८,२६६.६३)
(१७,३९,३६,२३३.३३)
(२,०३,८६,३३६.२०)
७,५०,७८,६३६.९६
१६,३८,५५,४०८.५०

सौर्य पावर परियोजना

कम्पनीले प्रबर्धन गरेको १० मेगावाट क्षमताको सौर्य पि.भी. विद्युत आयोजना ब्लक १ को कुल लागत १ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १२ करोड ५५ लाख रुपैयाँ रहेको छ। आयोजनाले २०७७ पुस २ गते विद्युत अनुमति प्राप्त गरेको थियो।

त्यस्तै, कम्पनीले नै प्रबर्धन गरेको १० मेगावाट क्षमताको सौर्य पि.भी. विद्युत आयोजना ब्लक २ को कुल लागत १ अर्ब १७ करोड ६ लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत ११ करोड ७१ लाख रुपैयाँ रहेको छ। आयोजनाले २०७७ मंसिर २९ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो। यी दुबै आयोजनाको विद्युत उत्पादन अनुमति २० वर्ष ११ महिना बाँकी रहेको छ।

लगानी फिर्ता अवधि

  • साधारण लगानी फिर्ता अवधि: ८.१२ वर्ष

  • डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि: १२.४२ वर्ष

शेयर निष्काशन तथा बिक्री प्रबन्धक

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर 'मेरो शेयर' अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको