कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ।
बैंकको २०७६ साल पुस १७ गतेको तेह्रौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश कतिपय सेयरधनीले हालसम्म पनि नलिएको बैंकले जनाएको छ।
उक्त आर्थिक वर्षका लागि बैंकले सेयरधनीहरुलाई ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। उक्त नगद लाभांश सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र सेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा सम्पर्क गर्न बैंकले सेयरधनीहरुलाई आग्रह गरेको छ।
तोकिएको अवधिभित्र बुझिलिन नआउने सेयरधनीको नगद लाभांश कम्पनी ऐनमा भएको व्यवस्थाबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस