कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अस्पतालबाट उपलब्ध विभिन्न सेवा–सुविधामा अधिकतम १५ प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकसँगको आबद्धता पुष्टि गर्ने प्रमाणका आधारमा ग्राहकहरूले यो सुविधा सहज रूपमा लिन सक्नेछन्। उक्त सम्झौताबाट बैंकसँग आवद्ध सबै महानुभावहरूले विशेष लाभ प्राप्त गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा तथा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक डा. प्रतिक्षा श्रेष्ठले हस्ताक्षर गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस