गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनीको चैत १८ गते सोमबार बसेको सञ्चालक समितिले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
यसले हकप्रद सेयर प्रस्ताव पारित गर्न वैशाख ५ गते विशेष साधारण सभा पनि बोलाएको छ । कम्पनीले सभा प्रयोजनका लागि चैत २८ गते बुक क्लोज हुने जानकारी गराएको छ । विशेष सभाबाट प्रस्ताव पारित भएर नियामक निकायहरुको स्वीकृति पाएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस