Like us!
Follow us!
Connect us!
Watch us!

गार्डियन माइक्रो लाइफको तेस्रो त्रैमास - व्यापार उल्लेख्य बढ्दा नाफामा उछाल,जीवन बीमाकोष साढे १२ करोड बढी

अर्थ संसार

मंगलबार, १६ बैशाख २०८२, १० : ४४ मा प्रकाशित

गार्डियन माइक्रो लाइफको तेस्रो त्रैमास - व्यापार उल्लेख्य बढ्दा नाफामा उछाल,जीवन बीमाकोष साढे १२ करोड बढी

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको नाफा उल्लेख्य रुपमा बढेको छ।

कम्पनीले तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८१२.८४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको महाविपत्ति कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १२ करोड ५९ लाख रुपैयाँ रहेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १००१.४७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १ करोड १४ लाख रुपैयाँ थियो। 

तेस्रो त्रैमाससम्म कम्पनीले २० करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९०९.७१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले समीक्षा अवधिसम्म १९ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९०.४४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत वर्ष कम्पनीको ईपीएस १८ पैसा मात्रै रहेकोमा यस वर्ष बढेर ४ रुपैयाँ ८८ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको