नेप्सेका नवनियुक्त सीईओ चुडामणि चापागाईँलाई सेयर बजारले रातो झण्डासहित स्वागत गरेको छ । आज सेयर बजारका लगानीकर्ता बिक्री गर्ने तिर हाबि भएपछि मार्केटमा करेक्सन देखिएको हो ।
आज नेप्से १५.५७ अकंले २६७७.५५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ६ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ करोडको सेयर कारोबार भएको छ ।
यसदिन १२ उपसूचक राताम्य भएका छन् भने व्यापार समूह मात्रै बढेको छ ।
मंगलबार २०१ कम्पनीको मूल्य घट्दा ४२ कम्पनीको बढेको छ ।आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस