Like us!
Follow us!
Connect us!
Watch us!

तीनकुनेको घटना वर्तमान संविधान र यो व्यवस्था उल्ट्याउने उद्देश्यबाट प्रेरित थियो - गृहमन्त्री लेखक

अर्थ संसार

शुक्रबार, २२ चैत्र २०८१, १२ : ३४ मा प्रकाशित

तीनकुनेको घटना वर्तमान संविधान र यो व्यवस्था उल्ट्याउने उद्देश्यबाट प्रेरित थियो - गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले तीनकुनेको हिंसात्मक घटना कुनै राजनीतिक दल प्रेरित नभएको बताएका छन्।

शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लेखकलाई चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको जानकारी दिन बैठकमा बोलाएपछि उनले संविधान उल्ट्याउने र यो व्यवस्था उट्याउने ढंगले भएको बताएका हुन्।

संविधान र गणतान्त्रिक व्यवस्थाभित्र रहेर शान्तिपूर्ण प्रदर्शनलाई सरकारले स्वागत गरिरहेको जानकारी दिए।

‘तीनकुने भएको कार्यक्रम हिंसात्मक, अमानवीय, अमार्यादित र उच्छिङ्खल ढंगले भएको छ।’ उनले भने, ‘संविधान र गणतान्त्रिक व्यवस्थाभित्र रहेर शान्तिपूर्ण प्रदर्शनलाई सरकारले स्वागत गरिरहेको छ। तर यो प्रदर्शनको उद्देश्य नेपालको वर्तमान संविधान उल्ट्याउने र यो व्यवस्था उट्याउने, समावेशि चरित्र समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो। यदि यो कार्यक्रमलाई शान्तिपूर्ण प्रदर्शन गर्ने, आफ्नो धारणा राख्ने, सरकारलाई खबरदारी गर्ने र ध्यानाकर्षण गर्ने उद्देश्यले प्रेरित थियो भन्यो भने ठिक हुँदैन। यसमा द्विविधा छैन।’

उनले फागुन ७ गतेको अभिव्यक्ति र विगतका पृष्ठभूमिलाई केलाएर हेर्दा व्यवस्था खारेज गर्ने गरी अगाडि बढेको धारणा राखे। उनले निजी घर, सञ्चार गृह, दमकल र प्रहरीलाई समेत आक्रमण भएको बताए। 

गृहमन्त्री लेखकले तीनकुनेमा भीडलाई उत्तेजक बनाउने काम भएको उल्लेख गरे। लेखकले दमकललाई जान नदिई तोडफोड गरेको र प्रहरीमाथि नै आक्रमण भएकाले घर जल्न पुगेको उल्लेख गरे। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको