नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) लगानीकर्ताको डिम्याट खातामा जम्मा भइसकेको छ।
कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ बिहीबार नै सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा आईपीओ जम्मा गरिएको हो ।
कम्पनीले चैत ५ गते आईपीओ बाँडफाँट गरेको थियो । हितग्राही खातामा जम्मा भएको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत भैसकेको छैन् । नेप्सेमा समेत सूचीकरणका लागि अन्तिम तयारी भैसकेको भनाई कम्पनीको छ ।
यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस