Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको मानवअधिकार हनन गर्नेमाथि कारबाही गर्न रास्वपाको माग

अर्थ संसार

बुधबार, २७ चैत्र २०८१, १३ : ४० मा प्रकाशित

रवि  लामिछानेको मानवअधिकार हनन गर्नेमाथि कारबाही गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गएको रास्वपाको टोलीले आयोगलाई ज्ञापनपत्र बुझाएको हो ।

लामिछानेलाई अदालतको आदेश प्रमाणित नभइ पक्राउ पूर्जिसमेत नलगि गैरकानुनी रुपमा कोठासम्म प्रहरी पुगेको र यो मानवअधिकार हनन भएको रास्वपाको ठहर छ ।

त नभइ सरकार र प्रहरीले अस्वभाभिक हर्कत गरेको रास्वपाको भनाइ छ ।

‘दलबलसहित गैरकानुनीरुपमा निजी सयनकक्षमा पुगि बल प्रयोग गरेर पक्राउ गर्दा लामिछानेको मानवअधिकार हनन भएको छ,’ आयोगमा पेस गरिएको पत्रमा भनिएको छ, ‘दोषिमाथि कारबाहीको माग गर्दछौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको