Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली लाइसेन्स बेचेर मासिक ३ करोडबढी कमाउने ४ जना पक्राउ

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, १२ : १७ मा प्रकाशित

नक्कली लाइसेन्स बेचेर मासिक ३ करोडबढी कमाउने ४ जना पक्राउ

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बेचेर मासिक ३ करोड रूपैयाँभन्दा बढी कमाउने कार्यमा संलग्न आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सरकारी कर्मचारीसहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

आयोगको कार्यालय, टंगाल र बुटवल साथै नेपालगञ्ज सम्पर्क कार्यालयको संयुक्त टोलीले यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, ज्यालादारीका सहायक कम्प्युटर अपरेट मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नासु मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई पक्राउ गरेको हो ।

अख्तियारले आरोपीहरूले नक्कली लाइसेन्स बनाउन प्रयोग गर्ने गरेको विद्युतीय उपकरणसहित बाँकेका विभिन्न स्थानहरूबाट चैत २७ गते बुधबार पक्राउ गरेको जानकारी दिएको छ। उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन्। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको