Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, १३ : ४० मा प्रकाशित

नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ सम्पन्न गरेको छ।

कर्णाली प्रदेशबााट लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले मायाको चिनो प्रदान गरेका थिए । साथै स्किममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।   यस स्किम अन्तर्गत प्रदेशस्तरीय कार्यक्रमहरूमार्फत मधेश, गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न भइसकेको र हाल कर्णाली प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ। आगामी दिनमा सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई पनि सम्मान गरिने कम्पनीले जनाएको छ। 

कार्यक्रममा सीईओले कम्पनीका समयसापेक्ष योजनाहरू प्रस्तुत गर्दै, ‘मिट द सिइओ’ स्किमबाट नेपालभर ३०० भन्दा बढी अभिकर्ता छनोट भएको जानकारी दिए। सहभागी अभिकर्ताहरूले प्रमुख कार्यकारी अधिकृतसँग बीमा व्यवसायमा भोगेका समस्याहरू र गुनासाबारे छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए।

यस योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्तर्क्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनुपर्ने सुझाव दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको